Kathmandu Press

झापामा कांग्रेसको वडाधिवेशन एकदिन ढिलो

झापा, भदौ १५ : नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ...
झापामा कांग्रेसको वडाधिवेशन एकदिन ढिलो


झापा, भदौ १५ : नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ।

आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने आज बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताए। अधिवेशनका लागि केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा सुबोधबाबु चिलवाल आएका छन्। बैठकमा जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ/नगरका सभापतिहरुको सहभागितामा रहेको थियो। 

Hardik ivf

सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गरेका चिलवालले निर्वाचनका लागि भएको प्रतिस्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी सङ्गठन बलियो बनाउन बैठकमा आग्रह गरेका थिए। सभापति थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तव्य, जिम्मेवारीका विषयमा जानकारी दिएका थिए। जिल्लाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएशन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक सङ्घ आबद्ध पदाधिकारी/सदस्यलाई निर्वाचन/मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशनअनुरुप खटाइने भएको छ। 

निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई भदौं १८ गते नै खटाउने, सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्