Kathmandu Press

प्रदेश नं २ सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुने तयारीमा

धनुषा, भदौ १५ : नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारी गरेको छ। नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३...
प्रदेश नं २ सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुने तयारीमा

धनुषा, भदौ १५ : नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारी गरेको छ। 

नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना  नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ। 

Hardik ivf

नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य  नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताए। उनीहरु प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारीमा रहेको उनले जानकारी द्रिए। सनाखत गराउने बेलासम्म यो सङ्ख्यामा केही थपघट हुन सक्ने उनको भनाइ छ।

यसअघि एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई दलका नेता चयन गरेको थियो। यसरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेमा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको उनले जानकारी दिए। सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ। 

यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ। प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन्। बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राखेका छन्।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्