विष्णु माझीको ‘चरी जेलैमा’ गीतको रेकर्ड, छोटो समयमै १ करोड भ्यूज

काठमाडौं, भदौ १५ : चर्चित लोक दोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक भएको तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाएको छ ।
युट्युबमा सार्वजनिक भएको १३ दिनमा नै यस गीतको १ करोड वढी दर्शकको माया पाएको हो । यो सँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ ।
यसअघि सबैभन्दा छोटो समय (१५ दिनमा) प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले एक करोड भ्यूज पाएको थियो । ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ ।
गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।यसअघि बिष्णु माझीका आधा दर्जन गीतहरु करोड क्लवमा प्रवेश गरिसकेका छन् ।
प्रकाशित मिति: १९:३० बजे, मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












