Kathmandu Press

नेपालकी पलेशाले बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, भदौ १५ : टोकियो–२०२० पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।आज...
नेपालकी पलेशाले बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, भदौ १५ : टोकियो–२०२० पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।

आज सार्वजनिक भएको ड्र अनुसार पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा बेलायती खेलाडी बेथसँग प्रि क्वाटर फाइलनमा खेल्ने पक्का भएको हो। पलेशाको खेल शुक्रबार बिहान हुनेछ। उनको तौल समूहमा कूल ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पलेशाले बेलायती खेलाडीलाई हराएरमा क्वाटर फाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन्। नेपालबाट पारालिम्पिकमा पलेशाले वाइल्ड कार्डबाट स्थान बनाएकी हुन्। 

एशियन च्याम्पियनसिपमा काश्य विजेता पलेशाले विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन। पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित छ सदस्यीय नेपाली टोली यसअघि नै जापानको टोकियो पुगिसकेका छन्। पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन्। 
 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, भदौ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्