कालिज फार्ममा चितुवा पसेपछि...
डोटी, भदौ १५ : डोटीको केआइसिंह गाउँपालिका(६ भूमिराजमाण्डौंस्थित ‘कालिज बहुउद्देश्यीय फार्म’मा चितुवा पसेर कालिज मारिदिएको छ।सोही वडाका कर्ण बोहराले व्यवसायिक रूपमा कालिजपालन गरेका थिए।सोमबार...
डोटी, भदौ १५ : डोटीको केआइसिंह गाउँपालिका(६ भूमिराजमाण्डौंस्थित ‘कालिज बहुउद्देश्यीय फार्म’मा चितुवा पसेर कालिज मारिदिएको छ।
सोही वडाका कर्ण बोहराले व्यवसायिक रूपमा कालिजपालन गरेका थिए।
सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए।
जंगलबाट राति फार्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए।
फार्मभित्र पसेको चितुवालाई स्थानीयबासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो।
बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि करिब पाँच लाख २५ हजार रूपैयाँ नोक्सानी भएको सञ्चालक कर्ण बोहराले जानकारी दिए।
प्रतिकालिजको मूल्य तीन हजार ५०० रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म रहेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवा कालिजपालनमा आकर्षित भएका हुँदै गएका छन्। बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिजपालन सुरूआत गरेका थिए। रासस












