Kathmandu Press

सडक सञ्जाल टुटेपछि भरियाका भरमा नूनतेल

बलेवा, भदौ १५ : जैमिनी नगरपालिका– १ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले तीन दिनयाता दिनभर कुश्मा–कैया झोलुङ्गे पुलको बाटो खाद्यान ओसारे। कैयातर्फ रहेको पिकअप...
सडक सञ्जाल टुटेपछि भरियाका भरमा नूनतेल

बलेवा, भदौ १५ : जैमिनी नगरपालिका– १ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले तीन दिनयाता दिनभर कुश्मा–कैया झोलुङ्गे पुलको बाटो खाद्यान ओसारे। कैयातर्फ रहेको पिकअप भ्यान नभरिने बेलासम्म आचार्यले नूनतेल, चामल र दैनिक उपभोग्य वस्तु बोकेर पुलमा ओहोरदोहोर गरिरहे। 

आफूसँगै केही मजदुर लगाएर कुश्माबाट कैया पु¥याइएका सामान कैयादेखि भने सवारीले नै बोक्ने गरेका छन्। सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजार शेरा बजारमा भरियाको भरमा कालीगण्डकी तारेर केही दिनयता नूनतेल पु¥याइएको छ। असार १ गतेको भारी वर्षापछि बागलुङ नगरपालिका– १० को एक्लेसालमा गएको पहिरोले बागलुङ कुश्मीशेरा सडक बगायो। सोही दिन पहिरोको सिकार बनेको कालीगण्डकी करिडोर पनि राम्रोसँग मर्मत भएको छैन्।

Hardik ivf

दक्षिण जोड्ने सबै सडक वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुङ्गे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याएका हुन्। आचार्य मात्रै होइन, दक्षिण क्षेत्रका बजारमा खाद्यान्न ढुवानी गर्ने सबै व्यवसायीले अग्लो पुल तारेर गाउँमा सामग्री पु¥यारहेका छन्। लामो समय सडक सुचारु नहुँदा व्यवसायी र उपभोक्ता सबैलाई मार परेको जैमिनी नगरपालिका– ९ का व्यवसायी राजु शर्मा बताउँछन्। 

करिडोरमा खसिरहने पहिरो र बागलुङ कुश्मीशेरा सडक बन्द हुँदा सदरमुकामसँग सडक सम्पर्क टुटेपनि पर्वतको मुकामसँग दक्षिणले सम्पर्क राख्ने गरेको छ। आफ्नै जिल्ला मुकाम जाने बाटो छैन, समयमा सडक मर्मत गर्न नसक्दा छिमेकी जिल्लाको घुमाउरो बाटो हुँदै मुकाम पुग्नु परेको जैमिनी चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु आचार्यले गुनासो सुनाए। 

सडक नभएकै कारण यहाँका किसानले उत्पादन गर्ने दैनिक दुई हजार लिटर दूध महँगो भाडा तिरेर यान्त्रिक पुलको बाटो कुश्मा पु¥याउने गरिएको छ। पुल तारेर ल्याइएको खाद्यान्न र यान्त्रिक पुल तरेर बजार पुग्ने दूध दुवैको मूल्य महँगो पर्ने उपभोक्ताको गुनासो छ। बागलुङ कुश्मीशेरा सडकको बेसनै नरहने गरी पहिरोले बगाएकाले हिउँद लागेपछि मात्रै सडक मर्मत गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। रासस
 

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्