Kathmandu Press

भुटानी क्रिकेटरले ललितपुरबाट इपिएल खेल्ने

काठमाडौं, भदौ १५ : डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले एभरेस्ट प्रिमियर लिग (इपिए)का लागि भुटानी खेलाडीलाई अनुबन्धन गरेको छ। ललितपुरले भुटानी राष्ट्रिय टिमका स्टार ब्याट्सम्यान...
भुटानी क्रिकेटरले ललितपुरबाट इपिएल खेल्ने

काठमाडौं, भदौ १५ : डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले एभरेस्ट प्रिमियर लिग (इपिए)का लागि भुटानी खेलाडीलाई अनुबन्धन गरेको छ। ललितपुरले भुटानी राष्ट्रिय टिमका स्टार ब्याट्सम्यान रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्ध गरेको हो।

ललितपुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्धन गरेको उल्लेख गरेको छ। असोज ९ देखि २३ सम्म हुने इपिएलका ललितपुरले दोर्जीलाई अनुबन्धन गरेको हो। दोर्जीले ललितपुरबाट इपिएल खेल्न उत्साहित रहेको बताउँदै नेपाली दर्शक अगाडि पुनः खेल्न पाउँदै अत्यन्तै खुसी भएको बताका छन्।

प्रतियोगिताका लागि ललितपुरले इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लाकलाई अनुबन्धन गरेको छ। विभिन्न शहरका ६ फ्रेन्चाइज टिम सहभागी हुने इपिएलमा प्रत्येकटिमले प्लेइङ सेटमा ३ विदेशी खेलाडी अनिवार्य खेलाउनु पर्ने नियम छ।

चौथो संस्करणको इपिएलका फ्रेन्चाइज क्लबले स्टार विदेशी खेलाडी अनुबन्ध गरेका छन्। पाकिस्तान पूर्वकप्तान साहिद अफ्रिदी, पाकिस्तानी टिमकै डानिस अजिज, सोएब मल्लिक, श्रीलंकन टिमका सुकुगे प्रासन्न, दिनेश चन्डिमल, वेस्टइन्डिजका कार्लोस ब्रेथवेटलगायतले इपिएल खेल्ने पक्का भइसकेको छ।
 

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, भदौ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्