पोखराबाट तास खेलिरहेका १४ जना पक्राउ
कास्की, भदौ १५ : तास खेदीरहेको अवस्थामा पोखरा महानगरपालिकाबाट १४ जना पक्राउ परेका छन् ।पोखरा महानगरपालिका–७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा...
कास्की, भदौ १५ : तास खेदीरहेको अवस्थामा पोखरा महानगरपालिकाबाट १४ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो।
यसैगरी पोखरा महानगरपालिका–१५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबरका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।












