Kathmandu Press

अवैध लागूऔषध सहित ७ जना पक्राउ 

सुनसरी, भदौ १५ : प्रहरीले अवैध लागूऔषध गाँजासहित इटहरी, मकवानपुर र दाङबाट सात जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय दिपेन्द्र राई...
अवैध लागूऔषध सहित ७ जना पक्राउ 

सुनसरी, भदौ १५ : प्रहरीले अवैध लागूऔषध गाँजासहित इटहरी, मकवानपुर र दाङबाट सात जनालाई पक्राउ गरेको छ । 

इटहरी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राईलाई करिब २१ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १(०२(०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

Hardik ivf

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पुष्पलाल पार्कबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका–१४ मुरढाप बस्ने २० वर्षीय सरोज डंगोल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त पार्क नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

यस्तै, दाङको लमही नगरपालिका–९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ शान्तिनगर बस्ने २३ वर्षीय विकास रोका र  सोही ठाउँस्थित अर्नवा बस्ने २० वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। 

नेपालगंजबाट लमहीतर्फ जाँदै गरेका रा.३ प ३५१९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्