Kathmandu Press

हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

सिमकोट, भदौ १५ : जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। सोमबार...
हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

सिमकोट, भदौ १५ : जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। 

सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न  दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए। 

Hardik ivf

जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र  अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज गराउने छ। गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसैअनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गराउनुपर्ने कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताए।

ती गाउँपालिकामा १३७ सामुदायिक विद्यालयका साथै केही निजी विद्यालय पनि छन्। यसअघि ताँजाकोट गाउँपालिकाका सबै बिद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा  पनि विद्यालयहरु सञ्चालन हुँदै आएका थिए।
 

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्