पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
दमौली, भदौ १५ : पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ।आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक...
दमौली, भदौ १५ : पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ।
आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए। एक्जाभेटरले पहिरो पन्छाएर सडक पूर्णरुपमा सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका यात्रु र सवारी साधन गन्तव्यतिर लागेका छन्।
प्रकाशित मिति: ०७:४५ बजे, मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












