पहिरोको कारण विभिन्न राजमार्गहरु अबरुद्ध
काठमाडौं, भदौ १४ : अबिरल बर्षासँगै आएको वाढी, पहिरोबाट देशका विभिन्न भागका राजमार्गहरु अबरुद्ध भएका छन् ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित गुइँठेभीर, रुप्से...
काठमाडौं, भदौ १४ : अबिरल बर्षासँगै आएको वाढी, पहिरोबाट देशका विभिन्न भागका राजमार्गहरु अबरुद्ध भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित गुइँठेभीर, रुप्से छहरा र काभ्रे भिरस्थित सडकमा आइतबार साँझ ढुङ्गा माटो सहितको पहिरो खस्न जाँदा बेनी जोमसोम सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ ।
कैलालीको चुरे गाउँपालिका ५ भासुस्थित सडकमा गएराति पहिरो जाँदा सडक अबरुद्ध भएको छ । अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ ।
यस्तै, दैलेखको दुल्लु नगरपालिका २ बोडखोलास्थित सडकमा सोमबार दिउँसो पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अबरुद्ध छ । प्रहरी चौकी तल्लो ढुङ्गेश्वरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ ।
पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलस्थित सडकमा सोमबार बिहान पहिरो जाँदासडक पूर्णरुपमा अबरुद्ध छ । प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
लमजुङको बेशीशहर नगरपालिका ६ खरखरेस्थित सडकमा सोमबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ ।












