Kathmandu Press

देशका विभिन्न भागमा ५ जना मृत अवस्थामा फेला

काठमाडौं, भदौ १४ : देशका विभिन्न भागमा ५ जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका ५ गेटास्थित मनहरा नदीको किनारमा...
देशका विभिन्न भागमा ५ जना मृत अवस्थामा फेला

काठमाडौं, भदौ १४ : देशका विभिन्न भागमा ५ जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका ५ गेटास्थित मनहरा नदीको किनारमा सोही नगरपालिका १० बस्ने ५० वर्षीय शेर बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका ५ स्थित हाटबजारको अस्थायी टहरोमा बस्दै आएका गुल्मी घर भएका ५० वर्षीय सन्तोष नेपाली सोही टहरोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

Hardik ivf

यता, काठमाडौं महानगरपलिका ७ कालोपुल बुलबुलेस्थित टहरामा हाल नाम, थर, नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परे । 

ललितपुर महानगरपालिका १८ नख्खु खोला किनारमा हाल नाम, नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता चितवनको भरतपुर महानगरपालिका १० स्थित मानव सेवा आश्रममा अति उल्लाह अन्सारी नाम गरेका ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्