Kathmandu Press

२ हजार ९ सय ८२ जनालाई निःशुल्क मास्क

काठमाडौं, भदौ १४ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ९...
२ हजार ९ सय ८२ जनालाई निःशुल्क मास्क

काठमाडौं, भदौ १४ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ५५ हजार ८ सय ८० जनालाई निःशुल्क मास्क वितरण गरिएको जनाइएकाे छ।

Hardik ivf

नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खोई?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३६ जनालाई ३ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३ सय ७६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ६२ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ८४ जनालाई सचेत गराइएको छ।

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्