Kathmandu Press

करेन्ट लागेर दुईजनाको मृत्यु

करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौं, भदौ १४ : ललितपुरको गोदावरी नगरपालिका-५ लेले बस्ने ५१ वर्षीय विक्रम महर्जनको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।

आफ्नै घरको रेलिङको काम गर्ने क्रममा एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको आनन्दबन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्हरीले जनाएको छ।

Hardik ivf

त्यस्तै गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङ बस्ने १८ वर्षीय विक्रम राउतको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ।

सोही गाउँपालिका-२ सोयरेस्थित जंगलमा गाई चराउन गएका राउतले ओडी रहेको छाताको टुप्पोले लत्रिएको बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्