वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा भट्टको योगदान सदा स्मरणीय रहने छ : राष्ट्रपति
काठमाडौं, भदौ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गरेकी छन्। उाले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि...
काठमाडौं, भदौ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गरेकी छन्।
उाले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाएकी हुन्। प्रगतिवादी चिन्तक भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकाकूल परिवारमा पनि समवेदना प्रकट गरेकी छन्।
प्रकाशित मिति: १४:३८ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












