महाकाली नदीले पार गर्याे सतर्कताको तह
कञ्चनपुर, भदौ १४ : पहाडी क्षेत्रमा भइरहेको अविरल वार्षका कारण महाकाली नदीले सतर्कताको तह पार गरेको छ।महेन्द्रनगरस्थित आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज...
कञ्चनपुर, भदौ १४ : पहाडी क्षेत्रमा भइरहेको अविरल वार्षका कारण महाकाली नदीले सतर्कताको तह पार गरेको छ।
महेन्द्रनगरस्थित आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज (सोमबार) नदीले सतर्कताको तह पार गरेको हो।
आज मध्याह्न १२ बजे नदीमा पानीको बहाव मापन गरिएको थियो। त्यसक्रममा बहाव १ लाख ४१ हजार १८० क्युसेक मापन भएको केन्द्रले जनाएको छ।
जलसहतले सतर्कताको तह पार गरेपछि बनबसा पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रकाशित मिति: १४:३१ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












