Kathmandu Press

विराटनगरको भव्य राधाकृष्ण रथयात्रा यसपटक पनि खटयात्रामा

विराटनगर, भदौ १४ : श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगरपरिक्रमा गरिने भएको छ।श्रीराधाकृष्ण रथयात्रा समारोह...
विराटनगरको भव्य राधाकृष्ण रथयात्रा यसपटक पनि खटयात्रामा

विराटनगर, भदौ १४ : श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगरपरिक्रमा गरिने भएको छ।

श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीबाट नागरिकको स्वास्थ्यसुरक्षालाई ध्यानमा राखी ९०औँ  संंस्करणको भगवान राधाकृष्णलाई खटयात्रामा भदौ १५ गते मङगलबार गाडीमा राखी नगरपरिक्रमा गरिने जानकारी दिए। 
    
यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट शुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी र पुष्पलाल  चोकको परिक्रमापछि पुनः मन्दिरमा पुग्ने बताइएको छ।

Hardik ivf

समितिका अध्यक्ष ओझाले खटयात्रा  विशेष पूजापाठ गरी विराटनगर–१ स्थित पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने भएको छ। खटयात्रा बीचमा कतै नरोकिने भएकाले भक्तजनले पूजापाठको सामग्री नलिइ टाढैबाट दर्शन गर्न समेत समितिले आग्रह गरेको छ। खटयात्रामा नेपाल प्रहरीको वाजासमेत रहने छ। 

विसं १९८८ बाट खट ९युगल मूर्तिलाई खाटमा राखेर० को रुपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो। प्रदेश सरकारले  मङ्गलबार मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदाको निर्णय गरेको छ।
 

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्