Kathmandu Press

जिम्बाबेका सिकन्दर राजा विराटनगरमा आबद्ध 

काठमाडौं, भदौ १४ : जिम्बाबेका अलराउन्डर सिकन्द राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।३५ वर्षीय अलराउन्डर राजालाई चौथो संस्करणको इपिएलका लागि विराटनगर...
जिम्बाबेका सिकन्दर राजा विराटनगरमा आबद्ध 

काठमाडौं, भदौ १४ : जिम्बाबेका अलराउन्डर सिकन्द राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

३५ वर्षीय अलराउन्डर राजालाई चौथो संस्करणको इपिएलका लागि विराटनगर वारियर्सले अनुबन्धन गरेको छ। पारस खड्काको कप्तानीमा रहेको विराटनगरले सोमबार विज्ञप्ति जारी गर्दै सिकन्दर राजालाई अनुबन्धन गरेको उल्लेख गरेको छ।

ब्याटिङ अलरान्डर उनी दायाँ हाते ब्याट्सम्यान हुने भने लेगस्पिन बलिङ गर्छन्। राजाले जिम्बाबेका लागि ४२ टी-२०, १०५ एकदिवसीय र १७ टेस्ट खेलेका छन्।

इपिएल असोज ९ देखि २३सम्म कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ।

प्रकाशित मिति: १२:४२ बजे, सोमबार, भदौ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्