Kathmandu Press

गजुरी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु

धादिङ, भदौ १४ : गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ। अविरल वर्षाका कारणले पहिराले रुख ढलेर...
गजुरी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु

धादिङ, भदौ १४ : गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ। 

अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। 

Hardik ivf

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन्। 

घाइतेको उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ। गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्