Kathmandu Press

नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा

काठमाडौं, भदौ १४ : अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ। त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि...
नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा

काठमाडौं, भदौ १४ : अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ। 

त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको हो। 

Hardik ivf

पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए। 

चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन्। पहिराका कारण काठमाडौँतर्फ थानकोट र धादिङतर्फ खानीखोलासम्म सवारी जाम परेको थियो। 

सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकैै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ। 

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्