Kathmandu Press

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, भदौ १४ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायु सक्रिय रहेकाले धेरै...
आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, भदौ १४ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायु सक्रिय रहेकाले धेरै स्थानमा मेघगर्जन सहित वर्षा हुने महाशाखाको प्रक्षेपण छ। आज बिहान देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ।

काठमाडौं उपत्यका आसपास, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै‚ बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

भीषण वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी‚ खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०८:४० बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्