Kathmandu Press

बाढीपहिराबाट हुने क्षति न्यूनीकरण गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

मोरङ, भदौ १३ : प्रदेश नं १ का मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री भीमप्रसाद आचार्यले  विगत केही दिनदेखि भइरहेको अत्यधिक वर्षाका कारण...
बाढीपहिराबाट हुने क्षति न्यूनीकरण गर्न मुख्यमन्त्री आचार्यको निर्देशन
Hardik ivf

मोरङ, भदौ १३ : प्रदेश नं १ का मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री भीमप्रसाद आचार्यले  विगत केही दिनदेखि भइरहेको अत्यधिक वर्षाका कारण हुनसक्ने बाढी पहिरो, डुबान र कटान नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सुरक्षा निकायहरुलाई आज निर्देशन दिएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालयलद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको उच्चस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री आचार्यले १४ जिल्लामै सबै सुरक्षा निकायहरुलाई उच्च सतर्कता राख्न र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समन्वय गरी सूचना सम्प्रेषण गर्ने निकाय गठन गर्न निर्देशन दिए।
    
उनले कोशी नदीबाट उदयपुरको बेलका नगरपालिका–२, ३ र ८ तथा सुनसरीको बराह नगरपालिका–६ गरैया टापुमा हुनसक्ने कटान नियन्त्रण गर्न सुरक्षाकर्मीहरु परिचालन गर्न पनि आग्रह गरे। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्र पौडेलले कोशी कटानको स्थितिबारे जानकारी गराएका थिए। सो कार्यक्रममा मन्त्रीहरु, प्रमुख सचिव र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २१:०५ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्