Kathmandu Press

अवैध लागूऔषध खैरो हेरोईनसहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

काठमाडौं, भदौ १३ : अवैध लागूऔषध खैरो हेरोईनसहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दियाका ३२ वर्षीय राजेन्द्र राना,...
अवैध लागूऔषध खैरो हेरोईनसहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ
Hardik ivf

काठमाडौं, भदौ १३ : अवैध लागूऔषध खैरो हेरोईनसहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दियाका ३२ वर्षीय राजेन्द्र राना, मन्दिप शर्मा, बर्दिया ३५ वर्षीय अकलेश यादव, नुवाकोटका पिटर लामा, काठमाडौं टोखाका ३० वर्षीय जितु भन्ने सागर श्रेष्ठ, धादिङका ३६ वर्षीय गोकुल तामाङ र धनकुटाका ३० वर्षीय राज कुमार राई रहेका छन्। 

उनीहरूमध्ये राजेन्द्र, मन्दिप, अकलेस, पिटर र सागरलाई २७.५ ग्राम लागूऔषध खैरो हेरोईनसहित भदौ ४ गते तथा गोकुललाई ४.५ ग्राम र राज कुमारलाई ७०.५ ग्राम लागूऔषध खैरो हेरोईन र डिजिटल तराजु सहित भदौ ८ गते लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको हो।    

उनीहरूमध्ये ६ जना उपर काठमाडौं जिल्ला अदालतबाट र १ जना उपर जिल्ला अदालत बर्दियाबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ। 

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्