उर्मिला कार्की बनिन् तेस्रो ‘मिसेस नेपाल ग्ल्याम’
काठमाडौं, भदौ १३ ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले आयोजना गरेको उर्मिला कार्की तेस्रो ‘मिसेस नेपाल ग्ल्याम’ घोषित भएकी छन्।ललितपुरको बालकुमारीमा रहेको म्युजिक सिटी हालमा सम्पन्न...
काठमाडौं, भदौ १३ : ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले आयोजना गरेको उर्मिला कार्की तेस्रो ‘मिसेस नेपाल ग्ल्याम’ घोषित भएकी छन्।
ललितपुरको बालकुमारीमा रहेको म्युजिक सिटी हालमा सम्पन्न प्रतियोगितामा चावहिल काठमाडौंकी उर्मिलाले मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भ्युअर्स च्वाइ, बेस्ट हेयर उपाधिसमेत पाएकी छन्।
दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेकी उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेसनल २०२१’ नेपालको प्रतिनिधित्व गर्नेछिन्।
प्तियोगितामा रमिता यादव फस्ट रनर अप र सरिता श्रेष्ठ सेकेन्ड रनरअप भए। रमिताले मस्ट डिसिप्लेन उपाधि पनि हात पारिन् । त्यस्तै सरिताले बेस्ट र्याम्प वाक, फिगर र फोटोजेनिक उपाधि हासिल गरिन्।
प्रतियोगितामा बबी शाहले बेस्ट स्माइल, रंगलक्ष्मी फुयाँलले बेस्ट स्किन, मलिसा शर्माले फेसबुक च्वाइस, शान्ति मगर लिम्बुले मिसेस ब्युटिफुल, सुनिता श्रेष्ठले बेस्ट फिगर, अन्जना खड्काले बेस्ट डान्स, शोभा शाहीले बेष्ट कन्फिडेन्टको उपाधि पाए।
विजेतालाई पूर्वमहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष प्रीति कार्कीलगायतले उपाधि प्रदान गरे।












