Kathmandu Press

वाग्मतीमा यातायातले ​भदौ २० बाट चदलक अनुमति पत्रको परीक्षा गर्ने

काठमाडौं, भदौ १३ : कोरोना संक्रमणको दोस्रो लहर रोकथामका लागि वैशाख १६ मा निषेधाज्ञा जारी भएका कारण रोकिएका सवारी चालक अनुमति परीक्षा भदौ...
वाग्मतीमा यातायातले ​भदौ २० बाट चदलक अनुमति पत्रको परीक्षा गर्ने

काठमाडौं, भदौ १३ : कोरोना संक्रमणको दोस्रो लहर रोकथामका लागि वैशाख १६ मा निषेधाज्ञा जारी भएका कारण रोकिएका सवारी चालक अनुमति परीक्षा भदौ २० गतेबाट सञ्चालन हुने भएको छ।

वाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रको कार्यालयले आज (आइतबार) एक सूचना जारी गरेर भदौ २० बाट चालक अनुमतिको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन हुने जनाएको हो। परीक्षामा स्वास्थ्य सुरषाको मापदण्ड पूर्ण रूपमा पालना गर्ने जनाइएको छ। 

तर, प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थी र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरूका लागि मात्र परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ। 

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्