Kathmandu Press

लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

पोखरा, भदौ १३ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताएका छन्। गण्डकी...
लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

पोखरा, भदौ १३ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताएका छन्। गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कर्मचारी प्रशासन स्थायी सरकार भएकाले गुणस्तरीय सेवा प्रवाहमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने बताए।

सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्दै सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिनुपर्नेमा जोड दिँदै उनले तीन किसिमको दक्ष जनशक्ति छनोट गर्ने जिम्मेवारी लोकसेवा आयोगमा रहेको बताए। प्रदेश राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यकक्षमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुखलाई गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णु नेपालले आयोगले तयार पारेको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

Hardik ivf

सो अवसरमा अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार आयोगद्वारा वार्षिक प्रतिवेदन तयार पारी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको बताए। कोरोना कहरका बीच पनि प्रदेशका सम्पूर्ण जिल्लाबाट लिइएको सुझावका आधारमा प्रतिवेदन तयार गरिएको उनको भनाइ छ।

सङ्घीय लोकसेवा आयोगको कार्यालय सरकारी भवनमै रहेको र प्रदेश लोकसेवा आयोग भाडाको भवनमार्पmत सञ्चालन भएको बताउँदै अध्यक्ष नेपालले दुवै आयोगको कार्य सञ्चालन सरकारी कार्यालय  भित्रबाटै हुने हो भने आर्थिक व्ययभार कम हुनुको साथै काममा थप सहज हुने विश्वास व्यक्त गरे। प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन कार्यान्वयनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
 

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्