२४ घण्टामा थपिए १३८८ कोरोना संक्रमित, २४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने २२६० जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं, भदौ १३ : पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने २२६० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १७:०२ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार