सिन्धुलीमा जिप दुर्घटना हुँदा दुईजना घाइते
सिन्धुली, भदौ १३ : सिन्धुलीस्थित बीपी राजमार्गमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।उक्त जिप आज (आइतबार) कमलामाई नगरपालिका-२ को पिपलभन्ज्याङमा दुर्घटना...
सिन्धुली, भदौ १३ : सिन्धुलीस्थित बीपी राजमार्गमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
उक्त जिप आज (आइतबार) कमलामाई नगरपालिका-२ को पिपलभन्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ। चालकसहित प्राविधिक गम्भीर घाइते भएका छन् ।
विद्युतका सामग्री बोकेर घ्याङलेखतर्फ जाँदै गरेको प्रदेश ३-०१-००१ञ २५५५ नम्बरको जिप दुर्घटना हुँदा चालक प्रमेश्वर सुनुवार र प्राधिकरणका कर्मचारी राजीव लामा घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ।
घाइते दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ। सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि दुवैलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रकाशित मिति: १६:५५ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












