Kathmandu Press

कछुवा गतिमा बलेवा विमानस्थल

बलेवा, भदौ १३ : निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो। निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका...
कछुवा गतिमा बलेवा विमानस्थल

बलेवा, भदौ १३ : निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो। निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन। 

धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका छन्। एक वर्षमा नै सक्ने विमानस्थल दुई वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ। नागरिक उड्डयन प्राधिकरणले छ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ। 

Hardik ivf

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत २०७६ फागुनमा काम सुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण कालोपत्र गर्ने कार्य प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्र गर्ने जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए।

विसं २०७७ माघ मसान्तसम्म कालोपत्र सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षाको कारण पुनः २०७८  असार मसान्तसम्म काम सक्ने गरी छ महिना ठेक्का म्याद थपेको भए पनि भदौसम्म विमानस्थल कालोपत्र भएको छैन। 
 
अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प रहेको छ। पुनः छ महिना म्याद थपको प्रक्रियामा पुगेकोे थापाले बताए। ‘सबै काम सकिएको छ, कालोपत्र गर्न मात्रै बाँकी हो, हाम्रो लामो समय पूर्वाधार निर्माणमै गयो, कोरोनाका कारण र कालोपत्र गर्ने समयमा पानी पर्दा समस्या भयो,’ थापाले भने, ‘हामी त तयारी अवस्थामा छौं, अहिले कालोपत्र गर्ने उपकरण तथा कच्चा सामग्री लैजाने सडकसमेत बर्खाका कारण अवरुद्ध छ।’

पानी रोकिएर घाम लागे १५ दिनमै विमानस्थल तयार हुने भए पनि निरन्तरको झरिका कारण कालोपत्र गर्न समस्या भएकाले असोजसम्म सक्ने गरी ठेक्का थप गर्न थालेको नागरिक उड्ययन प्राधिकरणका इञ्जिनीयर मीनराज ओझाले जानकारी दिए।

विमानस्थल निर्माणमा भइरहेको ढिलाइप्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाइ छ। ‘विमानस्थल कालोपत्रमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन, पूर्वाधारमा कुनै कुसर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्र गर्ने काम मौसममा निर्भर हुन्छ, शुरुमा कालापत्रका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि बर्खा लाग्यो सडक अवरुद्ध भयो।’ ओझाले भने, ‘चर्को घाम नलागी कालोपत्र गर्न प्राविधिक हिसाबले मिल्दैन र टिकाउ पनि हुँदैन, घाम लाग्दासाथ निर्माण व्यवसायी काममा फर्कन्छन्, आगामी असोजभित्रै काम सक्ने योजना हाम्रो छ।’

कालोपत्र गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ। बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभीसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो। रासस
 

प्रकाशित मिति: १५:४० बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्