Kathmandu Press

भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी

चितवन, भदौ १३ : भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका ‘फोकल पर्सन’ नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिएका छन्। आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा...
भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी

चितवन, भदौ १३ : भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका ‘फोकल पर्सन’ नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिएका छन्। आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु २७ हजार ५०० दाबी गरे। त्यसोत अस्पतालमा औषधि नभएपछि रु चार हजारको औषधि बाहिर किन्नुप¥यो।

आम नागरिक झै बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उनले स्वीकार गरे। बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्र्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ। अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसके पनि पूूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बीमा बोर्डसँग लिने गर्दछ। सापकोटाले भने, ‘औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो,’ दोहोरो खर्च गराउनु गलत भएको भन्दै उनले भने। 

Hardik ivf

बीमाले लगभग ८० प्रतिशत औषधि समेटेको भए पनि अस्पतालले दिन नसकेको उनको भनाइ छ। अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाइ छ। अस्पताल र बीमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली (मेसिनबाट गरिने शल्यक्रिया) गर्दा प्याकेजमा रु २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा रु १८ हजार उल्लेख छ। 

त्यस्तै एपेन्डिसाइडको रु १५ हजार ५०० रहेको छ। सापकोटाको भनाइमा सबै शल्यक्रियाको दररेट छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने अस्पतालमा अधिकांश औषधि आपूर्ति गराउन आफूहरु लागि परेको बताउँछन्। औषधि दिन नसकेको उनले स्वीकार गरे। प्रत्यक्ष रुपमा बिरामी प्रभावित भएको विषयमा थप बुझ्ने न्यौपानेको भनाइ छ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला औषधि उपलब्ध नगराएर रकम दाबी गर्न नपाउने बताउँछन्। यस विषयमा प्रत्यक्ष रुपमा अस्पतालमा कर्मचारी पठाएर बुझ्ने उनको भनाइ छ। सरकारी अस्पतालले राम्रो गर्छन् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रमको पहिलो विन्दु सरकारी अस्पताल बनाइएको भन्दै उनले बिरामी र बोर्ड कोही पनि ठगिन नहुने बताउँछन्।

भरतपुर अस्पताल यस क्षेत्रमा बीमामा धेरै दाबी गर्ने अस्पताल पर्दछ। यस अस्पतालले मासिक रु दुई करोड भन्दा बढी बीमाबाट रकम दाबी गर्दछ। रासस
 

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्