डुबेर तीनजनाको मृत्यु
काठमाडौं, भदौ १३ : मकवानपुर, प्युठान र दाङमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ।मकवानपुरको भिमफेदी गाउँपालिका–८ कोगटे खोलामा डुबेर ललितपुर, ललितपुर...
काठमाडौं, भदौ १३ : मकवानपुर, प्युठान र दाङमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ कोगटे खोलामा डुबेर ललितपुर, ललितपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सितब बडालको शनिबार दिउँसो मृत्यु भएको प्हरीले जनाएको छ।
उनी सहित ६ जना पौडी खेल्न गएको अवस्थामा सितल बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो ।
प्रहरीका अनुसार प्युठानको प्यूठान नगरपालिका(९ सिमलगैरास्थित प्यूठान नगरपालिकाले कृषि सिचाईको लागि बनाएको पोखरीमा डुबेर सोही नगरपालिका(८ दम्ती बस्ने ४६ वर्षीया जमुना कुमालको शनिबार साँझ मृत्यु भएको छ।
त्यस्तै दाङ, गढवा गाउँपालिका(५ चयनपुर बस्ने ६० वर्षीय राम प्रसाद चौधरीको डुबेर शनिबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आफ्नै घर नजिकै खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर अशक्त भएका उनको लमही अस्पताल हुँदै थप उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।












