Kathmandu Press

तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ 

काठमाडौं, भदौ १३ : तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ काठमाडौंको गोकर्णेश्वरबाट सात जना पक्राउ परेका छन्।गोकर्णेश्वर नगरपालिका–९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक...
तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ 

काठमाडौं, भदौ १३ : तास खेलिरहेको अवस्थामा काठमाडौंको गोकर्णेश्वरबाट सात जना पक्राउ परेका छन्।

गोकर्णेश्वर नगरपालिका–९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका–१ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा उनीलगायत सातजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो। 

त्यसैगरी नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका–१३ मैनाघाट बस्ने बल बहादुर सारुको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय डोल बहादुर सारूलगायत सातजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बल बहादुर सारुको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ८ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

प्रकाशित मिति: १४:०५ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्