Kathmandu Press

बाघको छाला, खप्पर, हड्डीलगायत अंगसहित तीनजना पक्राउ 

तनहुँ, भदौ १३ : व्यास नगरपालिका–५ पतेनीस्थित पक्की पुलनजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डीलगायत अंगसहित तीन जनालाई शनिबार साँझ...
बाघको छाला, खप्पर, हड्डीलगायत अंगसहित तीनजना पक्राउ 

तनहुँ, भदौ १३ : व्यास नगरपालिका–५ पतेनीस्थित पक्की पुलनजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डीलगायत अंगसहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका–१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ छन्। 

उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ, सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ। 

सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युुरो महाराजगन्ज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरुसहित फेला पारी पक्राउ गरेको हो। 

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्