Kathmandu Press

पहिरोका कारण ठाउँठाउँमा सडक अवरोध

काठमाडौं, भदौ १३ : पहिरोको कारण ठाउँठाउँमा सडक अवरोध भएके छ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकशिलास्थित मेलम्ची(जिरोकिलो सडकमा आइतबार बिहान लेदोसहितको पहिरो जाँदा सडक पूर्णरुपमा...
पहिरोका कारण ठाउँठाउँमा सडक अवरोध

काठमाडौं, भदौ १३ : पहिरोको कारण ठाउँठाउँमा सडक अवरोध भएके छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकशिलास्थित मेलम्ची(जिरोकिलो सडकमा आइतबार बिहान लेदोसहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बाहुन्नेपाटीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।  

पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारास्थित सिद्धार्थ राजमार्गमा शनिबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।

साथै बगनासकाली गाउँपाकुजा–३ धैरेनीमा समेत पहिरो जाँदा सिद्धार्थ राजमार्गमा अवरोध भएको छ।
 

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्