Kathmandu Press

लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको क्षति पुर्‍याएको पुल अलपत्र

सर्लाही, भदौ १३ : लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पुर्‍याएको पुल निर्माण अलपत्र परेको छ। लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर...
लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको क्षति पुर्‍याएको पुल अलपत्र

सर्लाही, भदौ १३ : लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पुर्‍याएको पुल निर्माण अलपत्र परेको छ। लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पुर्‍याएको डेढ महिना पुगे पनि पुल पुनःनिर्माणको काम अघि बढ्न सकेको छैन्।

पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनः निर्माणको काम क्षति पुगेको डेढ महिना भइसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन। ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनःनिर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए।

Hardik ivf

गत असार १५ गते परेको सामान्य पानीका कारण २०० मिटर लामो पुलमध्ये करिब ४० मिटरमा क्षति पुगेको छ । सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुलको समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए।

पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार गर्न र किनमेल गर्न लालबन्दी आउने स्थानीयवासीलाई समस्या परेको छ। ठेकेदार कम्पनीले लापरवाही ढङ्गले काम गरेको र समयमै कामदारको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको ईश्वरपुरका नगर प्रमुख मनोजकुमार देवकोटाले बताए। पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले रु १२ करोडमा ठेक्का लिएको हो। 

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्