Kathmandu Press

इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चारगृह ब्लक

विराटनगर, भदौ १३ : इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको...
इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चारगृह ब्लक
Hardik ivf

विराटनगर, भदौ १३ : इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ।

नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह ‘आवर विराटनगर नेट’ले इन्टरनेट सेवा प्रदायक क्लासिक टेक नेटको ट्राफिक चोकमा रहेको शाखामा यही भदौ ११ गते सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रसारण गरेकामा उक्त अनलाइनलाई प्रतिबन्ध गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा समाचारमा चित्त नबुझेमा सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु नेपालको संविधानविपरीत भएको उल्लेख गरिएको छ। कानुनी उपचारको बाटो हुँदाहुँदै सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको गम्भीर हनन् भएकाले अविलम्ब क्षमा माग्दै प्रतिबन्ध हटाउन महासङ्घले माग गरेको छ। अविलम्ब प्रतिबन्ध नहटाएमा महासङ्घ जस्तोसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १०:४८ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्