गोकर्णेश्वर मन्दिरमा लाग्ने मेला स्थगित
काठमाडौं, भदौ १३ : काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसीको मेला स्थगित गरिएको छ।कोरोना भाइरसको जोखिमका कारण मेला स्थगित गरिएको गोकर्णेश्वर...
काठमाडौं, भदौ १३ : काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसीको मेला स्थगित गरिएको छ।
कोरोना भाइरसको जोखिमका कारण मेला स्थगित गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको बैठकले मेला स्थगित गर्ने निर्णय गरेको उनले बताए।
मेलामा हजारौं भक्तजन सहभागी हुने भएकाले कोरोना फैलिन सक्ने जनाइएको छ। कोरोनाको संक्रमण फैलिन नदिन मेला स्थगित गरिएको उनको भनाइ छ।
हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्ने प्रचलन छ। त्यहाँ आउने लाखौं भक्तजन मेला भर्ने गरेका छन्।
गत वर्ष पनि कोरोनाका कारण मेला स्थगित गरिएको थियो। यो वर्ष भदौ २२ गते कुशे औँसी परेको छ।
प्रकाशित मिति: ०८:५७ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












