Kathmandu Press

युवाको लगानीमा तनहुँमा जुत्ता चप्पल उद्योग

तनहुँ, भदाै १३ : ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ तनहुँका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन्। उनीहरुले व्यास गण्डकी...
युवाको लगानीमा तनहुँमा जुत्ता चप्पल उद्योग

तनहुँ, भदाै १३ : ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ तनहुँका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन्। उनीहरुले व्यास गण्डकी मल्टिपर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन्।

व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए। उनका अनुसार अहिले उद्योगबाट दैनिक ५०० देखि ७०० जोर जुत्ता चप्पल उत्पादन हुँदै आएको छ। उक्त उद्योगमा उत्पादित सामग्री तनहुँ, गोरखा, लमजुङका विभिन्न बजार क्षेत्रमा बिक्री हुँदै आएको छ।

Hardik ivf

करिब दुई करोड रुपैयाँका लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो। प्रबन्ध निर्देशक राउतले, ‘सञ्चालनमा ल्याइएको झण्डै आठ महिनाका अवधिमा करिब २० हजार उत्पादन गरिएको छ।’ छोटो अवधिमा बजार क्षेत्र पकड लिन सकेकाले थप हौसला मिलेको उनले बताए।

आसपास जिल्लाका व्यपारीलाई काठमाडौं, नारायणगढबाट ल्याएको भन्दा एक दुई रुपैयाँ सस्तो दिँदा व्यवसायी पनि खुशी भएका छन्। टाढाबाट सामान खरिद गरी ल्याउँदा महँगो गाडी भाडा तिर्नुपर्ने यहाँका व्यवसायीलाई केही हदसम्म भए पनि राहतको महसुस गरेका छन्। उद्योगमा हाल ६ जनाले काम गरिरहे पनि बजारको मागअनुरुप सामान उत्पादन गरी पुर्‍याउन गाह्रो भएको निर्देशक राउत बताए।

उत्पादित सामानमा कमजोरी नदेखिएको कम्पनीका सचिव दयाराज कट्टेलले बताए। उनले भने‚ ‘राम्रो, गुणस्तर र बलियो भएका कारण सबैको मन जित्न सफल भएको महसुस गरेका छौं।’

कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यावसायिक तरकारी खेती गर्नेसमेतका योजना बनाइरहेको छ। पहिलो चरणमा उद्योग सञ्चालनसँगै ६०० स्थानीय जातका कुखुरा फार्मसमेत सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष पदमबहादुर थापा मगरले बताए।

उनले भने, ‘केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिमलगायतका उत्पादन थप्ने योजना रहेको छ।’ (रासस)

प्रकाशित मिति: ०८:४० बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्