Kathmandu Press

‘जनचाहना पूरा गर्न सरकार प्रतिबद्ध’

विराटनगर, भदौ १२ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सुनसरीको रामधुनी नगरपालिका–४...
‘जनचाहना पूरा गर्न सरकार प्रतिबद्ध’
Hardik ivf

विराटनगर, भदौ १२ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

सुनसरीको रामधुनी नगरपालिका–४ बैठारबाट कुटीपुल हुँदै बराहक्षेत्र नगरपालिकाको जीतपुर जोड्ने सडक आज शिलान्यास गर्दै उनले विकासको जनचाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताए। उनले भने, ‘जनताका विकासका चाहना सम्बोधन नभए उनीहरूले राजनीतिक दल र सरकारको विश्वास गर्दैनन्।’ अहिले सरकारले सडक निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेकाले निर्धारित समयभित्र काम पूरा हुने उनले विश्वास व्यक्त गरे।

आगामी १५ महिनाभित्र निर्माण सम्पन्न हुने गरी ३० करोड रुपैयाँ लागतमा ठेक्का पाएको सहरी विकास भवन निर्माण सङ्घीय कार्यान्वयन एकाइ कार्यालय विराटनगरका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए।

प्रकाशित मिति: १९:४३ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्