Kathmandu Press

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : सहमहामन्त्री डा महत

दाङ, भदौ १२ : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित...
कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : सहमहामन्त्री डा महत

दाङ, भदौ १२ : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताएका छन्।

सक्रिय सदस्यतासम्बन्धी विवादका कारण कांग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उनको भनाइ थियो।

Hardik ivf

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा डा महतले पार्टीको महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उनले शुक्रबार शीर्षनेताबीच भएको छलफलले कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरिसकेको जानकारी दिए। डा महतले अघिल्लो ओली सरकारले निर्वाचनका बेलामा नेपाली जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेका कारण नेपाली जनताको इच्छाबमोजिम नै यो सरकार आएको स्पष्ट पारे।

उनले भने, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको कम्युनिष्ट सरकार आफैँ सत्ताको तानातानमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि नेपाली नागरिकको चाहनाबमोजिम नै यो सरकार आएको हो।’

मुलुक निकै कठिन परिस्थितिमा रहेका बेला वर्तमान सरकार निर्माण भएकाले यो सरकारप्रतिका जनताका अपेक्षा धेरै रहेको भन्दै यी अपेक्षालाई सम्बोधन गर्ने गरी सरकारले संयमित भएर काम गर्ने उनले बताए।

प्रकाशित मिति: १९:३८ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्