Kathmandu Press

गैँडाकोटमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा

नवलपुर, भदौ १२ : बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ। सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको...
गैँडाकोटमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा
Hardik ivf

नवलपुर, भदौ १२ : बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ। सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो।

तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, गिट्टी राखेर पुनः डाइभर्सन निर्माण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। शुक्रबार रातिदेखि नै ह्युमपाइप राखेर सडक सञ्चालनको तयारी गरिएको भए पनि आज मात्रै सवारी साधन सञ्चालनमा ल्याउन सकिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए। सडकमा सवारी साधनको चाप बढी भएको र पानी पर्नसमेत नरोकिएकाले एकतर्फी नै भए पनि सवारी साधन सञ्चालन गरिएको खनालले बताए।

यसअघि असारको १६ गतेसमेत सोही स्थानको डाइभर्सन बगाउँदा २८ घण्टासम्म सवारी साधन पूर्णरूपमा अवरुद्ध भएको थियो। विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडकको थुम्सी क्षेत्रमा पक्की पुल निर्माण गर्नका लागि सडकमा डाइभर्सन निर्माण गरेर सवारी साधन सञ्चालन गरिरहेको छ। 

प्रकाशित मिति: १९:०९ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्