Kathmandu Press

वाइसिएलको राष्ट्रिय भेला सुरु

काठमाडौं, भदौ १२ : नेकपा (माओवादी केन्द्र)को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। भोलिसम्म चल्ने भेलाको...
वाइसिएलको राष्ट्रिय भेला सुरु

काठमाडौं, भदौ १२ : नेकपा (माओवादी केन्द्र)को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। भोलिसम्म चल्ने भेलाको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गरे।

भर्चुअल माध्यमबाट भइरहेको भेलाको काठमाडौँमा भने उद्घाटन कार्यक्रमको आयोजना गरी शुभारम्भ गरीएको हो। सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाइरहेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

उनले भेलामा अबको युवा आन्दोलनको राजनीतिक कार्यदिशा, अबको सङ्गठनात्मक कार्यदिशा कस्तो हुने र कस्तो नेतृत्व प्रणाली गर्नेबारे गम्भीर बहस गर्ने बताए। ‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। 

भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेका छन्। भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहेको आयोजकले जानकारी दिएका छन्।

प्रकाशित मिति: १८:३५ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्