स्रोत नखुलेको ६ लाख रुपैयाँसहित पक्राउ
पर्सा, भदौ १२ : वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सहित सोही महानगरपालिका(१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह...
पर्सा, भदौ १२ : वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सहित सोही महानगरपालिका-१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना८प १८७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तेलीलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो।
उनीउपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित मिति: १८:१७ बजे, शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)