Kathmandu Press

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

पर्सा, भदौ १२ : वीरगन्ज महानगरपालिका–१३ तेजारथ टोल बस्ने ३१ वर्षीय सुशिम अधिकारीको घरमा पार्किङ गरी राखेको ना२२प ५७५० नम्बरको मोटरसाइकल चोरी गरी...
मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ
Hardik ivf

पर्सा, भदौ १२ : वीरगन्ज महानगरपालिका–१३ तेजारथ टोल बस्ने ३१ वर्षीय सुशिम अधिकारीको घरमा पार्किङ गरी राखेको ना२२प ५७५० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका–१४ पिपरा बस्ने २८ वर्षीय राधे पटेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पटेलले मोटरसाइकलको लक खोली चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले मोटरसाइकल धनीको सहयोगमा उक्त मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो।

उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 

प्रकाशित मिति: १८:०७ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्