Kathmandu Press

पहिरोले विभिन्न स्थानमा सडक अवरोध

काठमाडौं, भदौ १२ : अविरल वर्षका कारण आएको पहिरो खस्दा विभिन्न स्थानमा सडक अवरोध भएको छ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी थिङडाँडास्थित सडकमा शनिबार बिहान...
पहिरोले विभिन्न स्थानमा सडक अवरोध

काठमाडौं, भदौ १२ : अविरल वर्षका कारण आएको पहिरो खस्दा विभिन्न स्थानमा सडक अवरोध भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी थिङडाँडास्थित सडकमा शनिबार बिहान पहिरो जाँदा फर्पिङ हुँदै काठमाडौं आउने बाटो पूर्णरुपमा अवरोध भएको छ। इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ।

Hardik ivf

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिम खोलास्थित हेटौंडा भिमफेदी काठमाडौं सडक(खण्डमा शनिबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी खानिखेतबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ। 

अछामको पन्चदेवल विनायक नगरपालिका–२ स्थित लार्छेखोला नजिकै सडकमा शुक्रबार साँझ पहिरो जाँदा सुर्खेत(मंगलसेन सडक खण्ड अवरोध भएको छ। ईलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ।

यसैगरी अछामको चौरपाटी गाउँपालिका–६ दुनीभावर भिरस्थित डोटी साँफे सडकखण्डमा शनिबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ कोटस्थित कर्णाली करिडोरमा शुक्रबार दिउँसो पहिरो जाँदा कर्णाली करिडोर पूर्ण रूपमा अवरोध भएको छ। अस्थायी प्रहरी पोष्ट सान्निघाटबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ दुदुलीगाडस्थित गोकुलेश्वर–दार्चुला सडकमा शनिबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ। प्रहरी चौकी मालिकार्जुनबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन पहल गरिरहेको छ।
 

प्रकाशित मिति: १७:५९ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्