Kathmandu Press

भारतमा बेचिएका सात महिलाको उद्धार, दुईजना पक्राउ 

पर्सा, भदौ १२ : बेचबिखनमा परेका सात महिलालाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो–११ आदापुर बजार भन्ने स्थानबाट उद्धार...
भारतमा बेचिएका सात महिलाको उद्धार, दुईजना पक्राउ 

पर्सा, भदौ १२ : बेचबिखनमा परेका सात महिलालाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो–११ आदापुर बजार भन्ने स्थानबाट उद्धार गरिएको छ।

बेचबिखन कार्यमा संलग्न दुईजनालाई वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो–११ ठेगाना भएका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा लगराइन बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन छन्।

Hardik ivf

विभिन्न जिल्लाबाट ७ जना महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो–११ आदापुर बजार भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपश्चात खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्धार गरेको हो।

विकेश र अजिमाले अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वासमा पारी भारतको छौँडादानो भन्ने स्थानमा लगेर अँध्यारो कोठामा राखी भारतकै विभिन्न स्थानमा पठाई रकम लिई निजहरूको इच्छाबिपरीत बिनापारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरु उपर जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्