Kathmandu Press

प्रदेश १ मा ४८३ जनामा कोरोना संक्रमण

विराटनगर, भदौ १२ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८३ जनामा कोरोना संक्रमण भएको छ। सातसय ७९ को पीसीआर परीक्षण गर्दा २७२...
प्रदेश १ मा ४८३ जनामा कोरोना संक्रमण
Hardik ivf

विराटनगर, भदौ १२ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८३ जनामा कोरोना संक्रमण भएको छ। सातसय ७९ को पीसीआर परीक्षण गर्दा २७२ मा र  एक हजार १०३ को एन्टिजेन परीक्षण गर्दा २११ को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीमा १२०, मोरङमा ७५ झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा चार÷चार, सङ्खुवासभामा दुई, धनकुटा, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा संक्रमा देखिएको थियो। 

आज ४९७ जना कोरोना संक्रमणमुक्त भएकामा २४३ महिला र २५४ पुरुष छन्। यस अवधिमा संक्रमणबाट चार महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्