Kathmandu Press

बाढीले सिरहाका दुई दर्जन घर डुबानमा

लहान, भदौ १२ : अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन्। अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा...
बाढीले सिरहाका दुई दर्जन घर डुबानमा
Hardik ivf

लहान, भदौ १२ : अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन्। अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डुबानमा परेका हुन्। 

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए। स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ। यसैगरी मैनावती खोलामा आएको बाढीले वडा नं ९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान (कबरिस्तान) बगाएको र मदर्सामा समेत क्षति पु¥याएको छ। 

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–६ मा एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेँलले जानकारी दिए। वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ। पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले  बजारमा  पस्ने गरेको स्थानीयवासी रामनारायण ठाकुरले जानकारी दिए। 
 

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्