Kathmandu Press

जानकी मन्दिर परिसरबाट हटाइयो मुख्यमन्त्री राउतको होडिङ बोर्ड

जनकपुर, भदाै १२ : जानकी मन्दिर राखिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको होडिङ बोर्ड हटाइएको छ।राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’का नाममा अनियमितता गरेको...
जानकी मन्दिर परिसरबाट हटाइयो मुख्यमन्त्री राउतको होडिङ बोर्ड
हटाइनुअघिको होडिङ बोर्ड।

जनकपुर, भदाै १२ : जानकी मन्दिर राखिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको होडिङ बोर्ड हटाइएको छ।

राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’का नाममा अनियमितता गरेको भन्दै स्थानीयले उक्त बोर्ड हटाएका हुन्।  

Hardik ivf

जानकी मन्दिर प्रांगणमा मुख्यमन्त्री राउतका ठुलाठुला तस्बिरसहित ‘बेटी पढाउ बेटी बचाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’ लगायत नारा लेखिएका होर्डिङ बोर्ड राखिएका थिए। 
 
एकातिर स्वच्छता अभियानको नारा लगाउने अर्कातिर आफन्त भर्ती गरेर अभियानलाई अनियमितताको केन्द्र बनाइएको आरोप मुख्यमन्त्री राउतमाथि लागेको छ। 

अबदेखि जानकी मन्दिरलगायत धार्मिक र पर्यटकीयस्थलमा कुनै प्रचार सामग्री, बोर्ड, पर्चा पम्प्लेट नलगाउन अनुरोध गर्दै सो कुराको बेवास्ता गरे कानुनी उपचार खोज्ने चेतावनी स्थानीइ युवाहरुले दिए।

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्